
काठमाडौँ , पुस ६ । नेपाल प्रिमियर लिग ९एनपिएल० को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रदैँछ । दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन । नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपिएलको फाइनल खेल हेर्न करिव २० हजार दर्शक कीर्तिपुर पुगेका छन् । दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
यसअघिका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे