
काठमाडौँ , पुस ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा। निकोलस भुसालले माफी मागेका छन्। डा। भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्बिर आफूले खिचेको बताएका छन् र यसमा कुनै खराब नियत नरहेको स्पष्ट पारेका छन्। उनले आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका छन् र कसैलाई दोष नलागाउने बताएका छन्।
डा। भुसालका अनुसार, उनी रवि लामिछानेको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरीमा पुगेका थिए। उनले दुई दिन अघि यो तस्बिर फेसबुकमा पोस्ट गरेर पछि डिलिट गरेका थिए। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले बुधबार त्यो तस्बिर पुनः फेसबुकमा राखेपछि तस्बिर भाइरल भएको हो।
भुसालले एक भिडियोमा भने, “यो फोटो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा। मैले यो फोटो बाहिर ल्याएको हुँ। यसका लागि नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे