
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं साधारणसभाको उद्घाटन गरेका छन्।
सभामा अध्यक्ष ढकालले बैंकको हालको स्थिति र भविष्यका योजनाबारे जानकारी दिएका थिए। उनले बैंकले नेपाली वित्तीय क्षेत्रमा गरेका प्रगति र उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षमा अझै प्रभावकारी सेवाहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।
साधारणसभामा बैंकका निर्देशकहरू, प्रमुख कार्यकारी अधिकारी र अन्य उच्च अधिकारीहरू समेत उपस्थित थिए। बैंकका प्रमुख कार्यकारी अधिकृतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको आर्थिक स्थिति र आगामी योजनाहरूबारे छलफल गरेका थिए। यस अवसरमा बैंकका शेयरधारकहरूले बैंकको कार्यसम्पादन र आगामी रणनीतिहरूमा प्रश्नहरू सोधे र थप जानकारी लिए।
ग्लोबल आइएमई बैंकले वित्तीय क्षेत्रको विस्तार र प्रवृद्धिका लागि आफ्नो कदम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे