
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना VISA डेबिट कार्डधारी र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई कमलादी, काठमाडौंस्थित स्काइवाकको टिकट मूल्यमा २०% छुट प्रदान गर्ने घोषणा गरेको छ। यस अफरले ग्राहकहरूलाई मनोरञ्जनात्मक स्थलमा सजिलै पहुँच पुर्याउन मद्दत गर्ने लक्ष्य राखेको छ।
बैंकका अनुसार, VISA डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले स्काइवाकको टिकटमा उल्लेखित छुट प्राप्त गर्न सक्नेछन्। यस अफरको लागि लागू हुने शर्त र नियमहरू पनि रहेका छन्, जुन ग्राहकहरूले अफरको लाभ लिनुअघि ध्यान दिनु पर्नेछ।
मुक्तिनाथ विकास बैंकले आफ्नो पहिचानलाई अझ मजबुत बनाउन “जनता बैंकमा होइन, बैंक जनता मा जानु पर्छ” भन्ने सिद्धान्तलाई आधार मान्दै यस प्रकारका ग्राहकमैत्री सेवाहरू उपलब्ध गराइरहेको छ। यस अफरले ग्राहकहरूलाई बैंकेिङ सेवामा थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे