
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आफ्नो पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा गोरख राणालाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले राणालाई आगामी २०८० पुस १७ (१ जनवरी २०२४) देखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो।
हाल डेपुटी सीईओको भूमिकामा रहेका राणा अनिर्वन घोष दस्तिदारको कार्यकाल पूरा भएपछि सीईओको जिम्मेवारी सम्हाल्नेछन्। दस्तिदार अब बैंकको विशेष सल्लाहकारको भूमिकामा रहनेछन्।
३० वर्षको बैंकिङ अनुभव भएका राणाले स्टान्डर्ड चार्टर्ड बैंकमा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट तथा रिटेल बैंकिङजस्ता महत्त्वपूर्ण विभागहरूमा काम गरिसकेका छन्। उनले अमेरिकाको इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन्।
गोरख राणाको नियुक्तिले नेपाली बैंकिङ क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यो नियुक्तिले देशभित्रका व्यावसायिक नेताहरूको भूमिकालाई अझै प्रोत्साहित गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे