
काठमाण्डौ ।नबिल बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि नयाँ “अपोइन्टमेन्ट बैंकिङ” सेवा सुरु गरेको छ।
यो सेवामार्फत ग्राहकहरूले आफूलाई पायक पर्ने दिन र समय छानेर बैंकिङ सेवा बुक गर्न सक्ने व्यवस्था गरिएको छ। बैंकले यस पहलले बैंकमा लाइन बस्नुपर्ने झन्झट हटाएर ग्राहकलाई सहज र व्यक्तिगत सेवा अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
नबिल बैंकले डिजिटल युगको आवश्यकता अनुसार बैंकिङ प्रक्रियालाई थप सरल र प्रभावकारी बनाउनका लागि नयाँ-नयाँ समाधानहरू प्रस्तुत गर्दै आएको छ। यस सेवा पनि ग्राहकहरूको समय बचत र सन्तुष्टिमा केन्द्रित छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे