
काठमाण्डौ ।नेपालको प्रमुख इलेक्ट्रोनिक्स ब्रान्ड, सेन्सेईले आफ्ना ग्राहकहरूको लागि नयाँ फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ। जापानी इन्जिनियरिङको प्रयोगले तयार गरिएको यस मेसिनले उच्च गुणस्तर र नवीनतम प्रविधिको संयोजनलाई नयाँ स्तरमा पुर्याएको छ।
सेन्सेईका अनुसार, यस वाशिङ मेसिनमा पावर स्टिम प्रविधि समावेश गरिएको छ, जसले कपडामा गहिरो सफाइ र कोमलता प्रदान गर्दछ। साथै, BLDC इन्भर्टर मोटरको प्रयोगले ऊर्जा बचत र कार्यक्षमता सुधार गर्ने दाबी गरिएको छ, जसको साथ १० वर्षको वारेन्टी पनि उपलब्ध छ।
यस वाशिङ मेसिनको विशेषतामा स्टेन ट्रीटमेन्ट प्रविधि पनि रहेको छ, जसले गहिरा दागसमेत सजिलै हटाउन सक्षम बनाउँछ। थप रूपमा, १५ मिनेटमै द्रुत धुलाई गर्ने फिचर (Quick 15 Wash) रहेको छ, जसले समय बचत गर्ने सुविधा प्रदान गर्दछ। ८ किलो कपडा धुने क्षमता रहेको यस वाशिङ मेसिन ठूलो परिवारका लागि उपयुक्त मानिएको छ।
सेन्सेईको यो नयाँ फ्रन्ट लोड वाशिङ मेसिनले केवल कपडा सफा मात्र गर्ने छैन, अपितु समय र ऊर्जा दुवै बचत गर्न सहयोग पुर्याउनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।
सि. जी इलेक्ट्रोनिक्सले सेन्सेई ब्रान्डका उत्पादनहरू नेपालभरि उपलब्ध गराउँदै आएको छ। सेन्सेईका अन्य उत्पादनहरू जस्तै चेस्ट फ्रीजर, शोकेस, कुलर, टिभी र फ्रिज पनि नेपाली बजारमा उपलब्ध छन्।
यो अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपालका सेन्सेईका अधिकृत डिलर वा कम्पनीका शोरूमहरूमा उपलब्ध छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे