
काठमाडौं। NMB बैंकलाई UN Women 2024 एशिया-प्रशान्त WEPs अवार्डको Gender-Inclusive Workplace श्रेणीमा विशेष उल्लेख प्राप्त गरेको छ। यो सम्मानले NMB बैंकलाई पहिलो नेपाली संस्थाका रूपमा ऐतिहासिक मान्यता दिलाएको छ।
UN Women र अष्ट्रेलियाको विदेशी मामिला र व्यापार विभागको आयोजनामा हालै लन्डनमा भएको क्षेत्रीय समारोहमा NMB बैंकलाई यो सम्मान प्रदान गरिएको हो। बैंकले महिला र पुरुषको समानता, लैंगिक विविधता, र समावेशी कार्यस्थलको प्रर्वद्धनका लागि गरेको महत्वपूर्ण योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको बताइएको छ।
NMB बैंकले आफ्नो कार्यक्षेत्रमा लैंगिक समानताको प्रर्वद्धन र महिला कर्मचारीहरूको सशक्तिकरणका लागि विभिन्न पहलहरू सुरु गरेको छ। यस सम्मानले बैंकको सामाजिक उत्तरदायित्व र समावेशी कार्यसंस्कृतिको महत्त्वलाई उजागर गरेको छ।
बैंकका अधिकारीहरूले यस सम्मानलाई एउटा ठूलो उपलब्धि मान्दै लैंगिक समानता र समावेशी कार्यस्थलको क्षेत्रमा अझै सक्रिय रूपमा काम गर्न प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे