
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई रु १० लाख रकम प्रदान गरेको छ। यस अवसरमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई नगद रकमको चेक हस्तान्तरण गरेका थिए।
कम्पनीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र समाजको समग्र विकासमा योगदान पुर्याउने लक्ष्य राख्दै उक्त रकम प्रदान गरेको जनाएको छ। समता एजुकेसन फाउन्डेसनले नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गर्नका लागि विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
रु १० लाखको उक्त योगदानले फाउन्डेसनका शैक्षिक परियोजनाहरूलाई थप सशक्त बनाउने र विद्यार्थीहरूको भविष्य निर्माणमा मद्दत गर्ने अपेक्षा गरिएको छ। यस अवसरमा कम्पनीका पदाधिकारीहरूले समता एजुकेसन फाउन्डेसनको कार्यको सराहना गर्दै सामाजिक दायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे