
काठमाडौं। माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूलाई MBL REMIT सेवा मार्फत साइप्रसबाट स्वदेश रकम पठाउने सरल र सुरक्षित उपाय उपलब्ध गराएको छ। बैंकले ग्राहकलाई सजिलो र छिटो सेवासँगै अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता ल्याउन यो सेवा प्रदान गरेको हो।
साइप्रसका ग्राहकहरूले अब माछापुच्छ्रे बैंकको MBL REMIT सेवा प्रयोग गरेर आफ्नो कमाई निर्धक्क र सुरक्षित रूपमा नेपालमा पठाउन सक्नेछन्। यस सेवा मार्फत ग्राहकहरूले नेपालमा रहेका आफ्ना परिवारजन र अन्य इच्छित व्यक्तिहरूसम्म रकम सजिलै पुर्याउन सक्नेछन्।
यस सेवामा ग्राहकलाई साइप्रसको सम्पर्क नम्बर +३५७ ९६ ३२२५५६ मा सम्पर्क गरेर थप जानकारी प्राप्त गर्नको लागि सुविधा प्रदान गरिएको छ। माछापुच्छ्रे बैंकको MBL REMIT सेवा डिजिटल बैंकिङको क्षेत्रमा नयाँ मानक प्रस्तुत गर्दै, अन्तर्राष्ट्रिय भुक्तानीको प्रक्रियालाई सरल र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा आएको छ।
माछापुच्छ्रे बैंकको MBL REMIT सेवा विश्वभरका नेपालीहरूको लागि अझ बढी सहजता र सुरक्षा सुनिश्चित गर्ने लक्ष्यमा काम गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे