
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। लण्डनस्थित द फाइनान्सियल टाइम्स ले यस वर्षको लागि उक्त प्रतिष्ठित अवार्ड बैंकलाई प्रदान गरेको हो।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिहीबार लण्डनमा आयोजित एक विशेष समारोहमा यो अवार्ड ग्रहण गरे।
द फाइनान्सियल टाइम्स ले १२० मुलुकबाट एक/एक बैंकलाई विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरेको छ। नेपालबाट सिटिजन्स बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्टता, नवीनता र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उक्त अवार्ड प्राप्त गरेको जनाएको छ।
‘बैंक अफ द इयर’ अवार्ड सन १९२६ देखि हरेक वर्ष विश्वभरका उत्कृष्ट बैंकलाई वित्तीय प्रदर्शन, नवप्रवर्तन र दिगो विकासका आधारमा द बैंकर म्यागजिनद्वारा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे