
काठमाडौँ , ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको कारबाहीका लागि सरकार दृढ रहेको बताएका छन्। सिंहदरबारमा गरेको सम्बोधनमा उनले सहकारी क्षेत्रमा अपचलन गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गर्ने काम सुरु भइसकेको र हालसम्म ६ सयभन्दा बढीलाई कारबाही गरिएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार, ५७५ भन्दा बढी आरोपी जेलमा छन्।
ओलीले सहकारी ठगहरूलाई मात्र कारबाही गर्नेमात्र होइन, बचतकर्ताको रकम फिर्ता गर्नका लागि सहकारी प्राधिकरण ऐनको तर्जुमा र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापनाको प्रक्रिया पनि अघि बढाइरहेको जानकारी दिए। उनले भ्रष्टाचार नियन्त्रणलाई केवल प्रदर्शनको रूपमा हल्लाबाजी गरेर नहुनुपर्ने र यो सुशासनको प्रणालीका रूपमा विकसित गर्नुपर्ने कुरा स्पष्ट पारे ।
भ्रष्टाचार नियन्त्रणमा कानुनलाई प्राथमिकता दिइन्छ, ओलीले भने, हामीले भ्रष्टाचारका विरुद्ध कानूनी प्रणाली स्थापनामा जोड दिन्छौं, र देशमा अस्थिरता फैलाउने तत्वहरूको गतिविधि पनि अवलोकन गर्दैछौं।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे