
काठमाडौँ , ७ कात्तिक । आम जनता पार्टी ९आजपा० का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको आरोप लगाएका हुन् । उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिमा सरकार भएको अनुभूत जनताले गर्न नपाएको बताए । सरकारले देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम गरेको साथै एक सय दिनमा प्लस खासै नभएर माईनस बढि भएको उनको भनाइ थियो ।
साहले भने , यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो। विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो। बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो। जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्यो। देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो। सरकारको एक सय दिनमा प्लस खासै छैन, माईनस बढि छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे