
काठमाडौं। नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा पुरुष र महिला तर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ। संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना गरिएको यस प्रतियोगितामा ३८ वटा बैंक र वित्तीय संस्थाहरु सहभागी भएका थिए।
प्रतियोगितामा ग्लोबल आइएमई बैंकले पुरुष तर्फ गरिमा विकास बैंक र महिला तर्फ एनआईसी एशिया बैंकलाई हराउँदै उपाधि जितेको हो। यसै क्रममा, पुरुष तर्फको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता शशाङ्क निरौलाले र महिला तर्फको उत्कृष्ट खेलाडी चन्द्रिका भट्टले उपाधी जितेका छन्।
महिला टोलीका गोलरक्षक केश माया गुरुङ्गले उत्कृष्ट बचाउ गर्दै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधी पनि प्राप्त गरेकी छन्।
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोलीले एकै संस्करणमा उपाधि जित्नु खेलकुद प्रतियोगितामा ऐतिहासिक क्षण मानिएको छ। यसअघि पनि ग्लोबल आइएमई बैंकले अन्तर बैंक फुटसल २०८० मा महिला तर्फको उपाधि जितेको थियो, यस वर्षको उपाधि संगै उनीहरूले लगातार दोस्रो पटक महिला तर्फको उपाधि जितेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे