
काठमाडौँ, असोज ६। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्कमा रहेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार साँझका लागि भेटवार्ता तय भएको हो। प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ । उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ। यस भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, र क्षेत्रीय सुरक्षा जस्ता महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेका महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए।
ओलीले यस भेटमा नेपालका चासोका मुद्दाहरू उठाउने र मोदीसँग नेपाल(भारत सम्बन्धलाई विकासको नयाँ आयाममा पु(याउने कुरा गर्ने तयारीमा छन्। प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कर्ने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे