
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा “१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा” नामक उपहार योजना सार्वजनिक गरेको छ। यो योजना दसैं, तिहार र छठको पर्वलाई लक्षित गर्दै ग्राहकहरूसँग पर्वको खुसी साट्नको लागि राखिएको हो।
सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपालले प्रस्तुत गरेको यो योजनाअन्तर्गत, हरेक महिना २ जनालाई सामसुङको स्मार्टफोन र हरेक साता २ जनालाई सामसुङको स्मार्ट टिभी उपहारमा दिइनेछ। साथै, ९० दिनसम्म हरेक दिन १८ जना विजेताले जनही ५०० रुपैयाँको वालेट टपअप प्राप्त गर्नेछन्।
अन्त्यमा, एक भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने मौका पाउनेछन्।
यो अफर असोज १ देखि मंसिर ३० सम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सबै सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे