
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले अन्जु श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ २७ गतेको बैठकले उनलाई आगामी चार वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
ललितपुर महानगरपालिका १०, ज्वागलमा बसोबास गर्ने श्रेष्ठ यसअघि कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिइन्। उनको नयाँ कार्यकाल असोज १८ गतेदेखि सुरु हुनेछ।
श्रेष्ठको नियुक्तिले कम्पनीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। उनीसँगको अनुभव र नेतृत्व क्षमताले कम्पनीको दीगो विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे