
काठमाडौँ , २८ भदौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गरिएको छ। उनलाई हालैको भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। केजरीवालले अदालतको आदेशलाई सम्मान जनाउँदै यो मामलामा न्यायको अपेक्षा गरेका छन्।
आज भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँले उनलाई जमानतमा रिहा गर्न आदेश दिएका हुन्। समाचार संस्था पीटीआईका अनुसार अदालतले उनलाई १० लाख रुपैयाँको मुचुल्कामा जमानतको आदेश दिएको हो।
उनले भविष्यमा पनि साँचो र पारदर्शी शासनको लागि निरन्तर प्रयास गर्ने बताएका छन्। यस घटनासँगै राजनीतिक वातावरणमा हलचल मच्चिएको छ। पार्टीका नेताहरुले उनलाई समर्थन जनाएका छन् र सरकारको कामकाजलाई प्रभावकारी बनाउने योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे