
काठमाडौ , १० भदौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतको निर्णयलाई महानगरको निर्णय भनी भ्रम नछर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उल्लेख गर्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत जनतामाझ भ्रम नफैलाउन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको स्पष्ट पारेका छन् । उनले लेखेका छन् , ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सूचित गर्दै वाग्मती, विष्णुमतीमा ४० मिटर, टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन ’ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे