
काठमाडौँ , ७ भदौ । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् र प्रहरीले घटना स्थलको सुरक्षा व्यवस्था कडा पार्दै अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक विवरण अनुसार, शुक्रवार राति सम्पन्न महोत्सवमा छुरा आक्रमणको घटना घटी। स्थानीय समय अनुसार राति करिब १० बजे महोत्सवको भीडभाडमा अचानक एक व्यक्तिले छुरा बोकेर घुसेपछि तनावपूर्ण स्थिति सिर्जना भएको थियो। आक्रमणकारीले निशाना बनाएका तीन जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। घाइते भएका चार जनालाई तत्कालै अस्पताल भर्ना गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।
आक्रमणकारीले ठूलो मात्रामा अशान्ति र आतंक फैलाएको थियो। सुरक्षाकर्मीहरूले घटनास्थलमा छिटो उपस्थित भएर स्थिति नियन्त्रणमा लिए, तर यस घटनाले महोत्सवको रमाइलो माहोलमा ठूलो अराजकता ल्याएको छ।
स्थानीय अधिकारीहरूले अहिले घटना सम्बन्धी थप विवरणहरू संकलन गर्दैछन् र घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्रता दिएका छन्। यस घटनाको कारण र भित्रका अन्य विवरणहरूलाई स्पष्ट पार्नका लागि अनुसन्धान जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे