
काठमाडौँ , ७ भदौ । आज बिहान मर्स्याङ्दी नदीको किनारमा भारतीय यात्रुवाहक बस खसेको छ । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार हालसम्म दुर्घटनामा परेकामध्ये २९ जनालाई अस्पताल पठाइएको छ। पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बसमा अन्दाजी ४० जना रहेको उनले बताए।
प्राप्त जानकारी अनुसार, भारतीय पर्यटकहरुलाई लिएर पोखराबाट काठमाण्ड तर्फ आउँदै गरेको बस अचानक सडकबाट खस्दै मर्स्याङ्दी नदीमा खसेको हो । प्रारम्भिक अनुमानअनुसार, दुर्घटनाको कारण अत्यधिक बर्षा र चिसोले सडकमा चिप्लो बनेको हुनसक्ने गरिएको छ।
उपस्थित प्रहरी अधिकारीहरुले भने, दुर्घटनामा परेका यात्रुहरु मध्ये धेरैको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरुलाई नजिकैको अस्पतालमा पठाइएको बताएका छन्। स्थानीय प्रशासन र उद्धारकर्मीहरु घटनास्थलमा तैनाथ छन् र अझै पनि शव र घाइतेहरुको खोजी जारी रहेको छ।
विपत्तिको सूचना प्राप्त गर्ने बित्तिकै नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनसमुदाय उद्धारमा जुटेका छन्। समग्र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ र थप विवरण भने आउने समयमै सार्वजनिक गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे