• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

५ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

५ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

६ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

७ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

७ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

८ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

८ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

८ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

८ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

८ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ अषाढ २, आईतबार (१ साल अघि)

सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिको काम सुस्त

  • 3,321 Views
  • काठमाडौं, २ असार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानविन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ ।

    समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार(आज)मात्र बैठक बोलाइएको छ । बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने कार्यदलका सदस्य बद्री पाण्डेको दाबी छ ।

    प्रतिनिधिसभाबाट जेठ १५ बनेको सात सदस्यीय समितिले नियमित बैठक पनि नराखेको कांग्रेस नेताहरुको भनाइ छ ।

    गृहमन्त्री एवं रास्वपाका साभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएको प्रमाणहरु निरन्तर सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदमा दुई महिना लामो संघर्षपछि सरकारले छानबिन समिति बनाएको थियो ।

    समितिको कार्यादेशमा लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्नेमा समेत लामो विवाद भएपछि उनी संलग्न रहेको गोरखा मिडिया नेटवर्क, सुर्दशन र सुप्रिमलगायत सहकारीलाई छानबिनको दायरामा ल्याउने भन्ने मध्यमार्गी उपायसहित दलहरु छानविन समिति बनाउन तयार भएको थिए ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय छानबिन समितिले सत्यतथ्यमा आधारित रहेर निष्पक्ष छानबिन गर्नेमा आशावादी भएको प्रतिक्रिया दिए । शर्माले छानबिनमा गृहमन्त्री लामिछानेको नाम नतोकिएको भएपनि पाँच छ वटा ‘स’बाट आउने सहकारीहरुमा उनको सिम्बोल नम्बर रहेको बताए ।

    तीन महिनाको समयसीमा तोकेर गृहमन्त्रीको नाम जोडिएकासहित संकटग्रस्त २९ सहकारीको छानविन गरी सरकारलाई राय पेश गर्न बनेको उक्त समितिले अघिल्लो साता बैठक बसेर काम शुरु गरेको दाबी गरेको छ ।

    तर समिति बनेको लामो समयसम्म बैठक नबस्ने, समितिको जिम्मेवारी पाएका अध्यक्षलगायत जिम्मेवार सदस्यहरु एकै पटक भेला नहुने भएकाले समस्या आइरहेको बताइन्छ । साझा सहमति बनाउने विषयमा सदस्यहरुबीच मतभेत रहने गरेको पाइन्छ ।

    अघिल्लो साता संसद भवन नयाँ बानेश्वमार सभामुख देवराज घिमिरेसहित बसेको समितिको पहिलो बैठकसंगै तीन महिने कार्यअवधि पनि गणना सुरु भइसकेको छ । समिति बनाएको दश दिनसम्म पहिलो बैठक नबसेपछि निष्पक्ष छानविन हुनेमा धेरैले आशंका व्यक्त गरेका थिए ।

    सत्ता पक्ष सरकार जोगाउनैका गृहमन्त्री लामिछानेलाई कारबाही गर्नुपर्ने तहसम्म नजाने मनस्थितिमा छन् । उता कांग्रेस भने समितिले पूर्ण स्वतन्त्ररुपमा छानविन गरेर गृहमन्त्रीको संलग्नताबारे वास्तविकता वाहिर ल्याउनुपर्ने जिकीर गर्दै आएको छ ।

    सहकारीको विषयमा गृहमन्त्रीको संलग्नता देखिए सरकार नै ढल्ने अवस्था देखेका सत्ता पक्षका नेताहरुले समितिबाट सामान्य छानविनको प्रक्रिया मात्र अघि बढाउने तर विस्तृत अध्ययनका लागि विभिन्न वहानामा अल्झाइरहने रणनीति लिएको कांग्रेस निकट स्रोतको दावी छ ।

    कांग्रेसको तर्फबाट समितिमा गएका नेताहरुले करिव ७३ लाख बचतकर्ताको समस्या समाधानका लागि सहकारी ठगीमा देखिएका जोकोहीलाई पनि छाड्न नहुने पक्षमा रहेको बताएका छन् ।

    तर सरकार पक्षले समितिलाई अल्मल्याउँदै पछि सार्दै लैजाने र सहकारी मुद्दालाई ओझेलमा पार्नसक्ने राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आशंका व्यक्त गरेका छन् ।

    आफ्नो समितिमा सहकारी पीडितहरुको उजुरीको संख्या बढ्दै गएको भन्दै छानविन समितिले चाँडो भन्दा चाँडो काम शुरु गरेर सहकारी समस्याको जड पत्ता लगाउने विषयमा सचेत हुनेपर्ने उनको भनाइ छ ।

    छानबिन समितिको सूचिमा २९ वटा सहकारी छन् । उपप्रधान तथा गृहमन्त्री लामिछाने मुछिएको भनिएको सुुर्दशन र सुप्रिम सहकारी पनि संसदीय छानबिनको सूचिमा परेको छ ।

    समितिले सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिनेछ । समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गर्ने जनाइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    २ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    ५ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    ५ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ६ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ७ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ७ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ८ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    ८ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    ८ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ६

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution