
काठमाडौँ १८ वैशाख| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन्। सुहाङ नेम्बाङलाई बधाई दिन आज इलाम आएका ओलीले इलाम बजारमा आयोजित विजय सभामा यस्तो बताएका हुन्।
ओलीले कोशी सबैको साझा नाम रहेको बताएका छन् । ओलीले भने , ‘हामी कैयौं जात, कैयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ , त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ उनले व्यक्तिगत पहिचान बनाउन खोज्यौं भने कोही सफल नहुने दावी गरे ।
सुखी नेपाली पहिचान हो र त्यो एमालेबाटमात्र सम्भव छ, त्यसैले एमाले र सूर्य चिह्न भनेकै पहिचान हो उनले बताए । मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै रहेको र युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे