
काठमाडौं, वैशाख ३ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख ३७ हजार पाँच सय रूपैयाँ रहेको छ । अघिल्लो दिन ( आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रूपैयाँ कायम रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ। हिजोको तुलनामा आज प्रतितोला १५ रूपैयाँ बढेर एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे