
काठमाडौँ , ९ चैत – ब्राजिलका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी रोबिन्होलाई बलात्कारको अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ । उनीलाई दुई वर्षअघि इटालीमा सन् २०१३ मा मिलानको एक नाइट क्लबमा एक अल्बानियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।
४० वर्षीयालाई उनको गृहनगर सान्तोसस्थित आफ्नो फ्ल्याटबाट पक्राउ गरिएको थियो। इटालियन सरकारले उनलाई सुपुर्दगी गर्न नसकेपछि ब्राजिलमा आफ्नो सजाय काट्न अनुरोध गरेको थियो।बुधवार ब्राजिलको एक अदालतले उक्त निर्णयलाई सदर गर्दै उनले घरमै नजरबन्दको सट्टा जेलमा बस्न आदेश दिएको थियो। उनले ब्राजिलमै जेल सजायँ काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ ।
रोबिन्होलाई जेल सजायँ हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो । आफ्नो देशका लागि १०० क्याप खेलेका ब्राजिलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अपराधको समयमा एसी मिलानबाट खेलिरहेका थिए। दोषी ठहरिएपछि, इटालीको सर्वोच्च अदालतले २०२२ मा उनको सजाय कायम गर्नु अघि उनले २०२० मा पुनरावेदन गुमाए । त्यसपछि इटालियन अभियोजकहरूले उनको लागि अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे