
काठमाडौँ ९ चैत काठमाडौँ ९ चैत प्रमुख विपक्षी राजनीतिज्ञ तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको आर्थिक अपराध एजेन्सीले पक्राउ गरेको उनको पार्टीले जनाएको छ।मदिरा बिक्रीमा सहरको नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा पक्राउ परेको हो।केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो ।
भारतीय सञ्चारमाध्यमको अनुसार दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको हो । उनको गिरफ्तारी भारतको आमचुनावको मतदान सुरु हुनु केही हप्ता अघि भएको हो। यो मुद्दा दिल्ली सरकारले २०२२ मा लागू गरेको मदिरा बिक्री नीतिको आरोपमा हो।
दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् ।उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।
आम आदमी पार्टीका सांसद तथा दिल्ली विधानसभाका प्रमुख सचेतक दिलीप पाण्डेले बीबीसीलाई भने कि पक्राउले मोदी केजरीवालसँग डराएर उनलाई पक्राउ गरेका हुन। पाण्डेले भने , उनीहरूले केजरीवाललाई गिरफ्तार गर्न सक्छन् तर उनको विचारलाई होइन। हामी उनको गिरफ्तारी र मोदी सरकारको अन्यायपूर्ण नीतिहरू विरुद्ध लड्नेछौं ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे