
काठमाडौं, ११ माघ | बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरीवाना सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे