
काठमाडौँ, १० माघ । ललितपुरनापी कार्यालयका सर्वेक्षक रामवीर यादवसहित तीन जना २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी २ लाख ५० हजार घुससहित पक्राउ परेका हुन् ।
आयोगका अनुसार उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । नीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे