
काठमाडौँ, ३ माघ । क्रिकेटर सन्दीप लामिछानेको मुद्धाकी वादी गौशाला–२६ को पहिचान सार्वजनिक गरेको आरोपमा एक युवकलाई पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोले उक्त घट्नामा संखुवासभाका केशरमान राईलाई जिल्लाबाटै पक्राउ गरेको हो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने ब्युरोले जनाएको छ।
पुस २५ गते सन्दीपलाई जिल्ला अदालत, काठमाडौंले आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। फैसला लगत्तै सामाजिक सञ्जालमा गौशाला–२६ को तस्वीर भन्दै एक युवतीको फोटो पोस्ट गरिएको थियो।
त्यसपछि प्रहरी प्रधान कार्यालयले ब्युरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। उक्त मुद्धाकी वादीलाई प्रहरीले गौशाला–२६ को नाम दिएर तस्विर गोप्य रखख्दै प्रहरीले अनुसन्धान गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे