
काठमाडौं | कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने ७० वर्षीय सुर्य बहादुर दवाडीलाई २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।
२०५९ फागुन २८ गते ज्वालामुखी गाउँपालिका-१ स्थित घर बारीमा सुर्य बहादुर दवाडीले अंश सम्बन्धी बिषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि हत्या गरेका कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले सर्वश्वसहित जन्मकैद ठहर भएका फरार प्रतिवादी दवाडीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदातल काठमाडौंमा दाखिला गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागी केन्द्रीय कारागार जगनाथदेवल पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे