
काठमाडौँ, २९ पौष । पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ।
रौटहट जिल्ला अदालतमा आज दुई न्यायाधीश मात्र उपस्थित भएपपछि गोला टिप्न पर्याप्त न्यायाधीश नभएपछि आलमको मुद्धा स्थगितको सुचीमा परेको हो ।
सात न्यायाधीश भएको रौतहटमा ‘क’ नम्बर न्यायाधीश मातृकाप्रसाद मरासैनी उच्च अदालतको न्यायाधीशमा सिफारिस भइसकेका छन्। अन्य दुई न्यायाधीशको सरुवा भएको छ भने थप दुई जना विदामा थिए।
आज पेसीमा गोला टिप्ने न्यायाधीशहरू तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्र बाँकी थिए। उनीहरूले फाँट नम्बर ५ को गोला नटिपेपछि न्यायाधीश अभावले आलमको मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित भएको हो।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले आलमलाई पक्राउ गरेको थियो।
इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी आलमसँगै शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताव आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो।
उक्त मुद्दा २०७६ साल कात्तिक १८ गते दर्ता भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे