
काठमाडौँ, १९ पौष । जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवा पुनः पक्राउ परेका छन् । बुधबार म्याद थपका लागि अदालत लग्दा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको हो ।
आज बिहान प्रहरीले जडीबुटीबाट नियन्त्रणमा लिई उनलाई पुनः हिरासतमा राखिएको छ । खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे