
काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको भएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका युवक सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु र अर्का एक युवक विरेन्द्र शाहको पनि मृत्यु भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।प्रर्दर्शनमा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ।
यसअघि आन्दोलनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाई दिएका हुन् । मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीबाट उनलाई झारेर प्रर्दर्शनकारीहरूले आगजनी गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे