
काठमाडौँ, २८ मंसिर ।चिनिया बिज्ञान प्रतिष्ठान र नेपालका कलेजबीच सहकार्य गर्ने बारे एक पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराइयो।
व्हाइटहाउस इन्जिनियरिङ कलेज र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाइड साइन्सबाट आयोजना गरिएको बेग्ला वेग्लै कार्यक्रममा कलेजका प्रतिनिधि तथा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरु विच आपसी सहकार्यको विषयमा छलफल गरिएको थियो।
उक्त कार्यक्रममा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरु प्रोफेसर रुइङ झाङ ,निर्देशक व्यवस्थापन पर्यटन विभाग, पर्यटन योजना र ल्यान्डस्केप डिजाइन केन्द्रका निर्देशक, मास्टर ट्युटर, तियानजिन कृषि विश्वविद्यालय ,चिनियाँ विज्ञान एकेडेमीका इन्जिनियर प्रोफेसर जिङ वाङ, सिनजियाङ इन्स्टिच्युट अफ इकोलोजी एण्ड जियोग्राफी, भौगोलिक विज्ञान र प्राकृतिक संसाधन अनुसन्धान संस्थान पीएचडी उम्मेद्वार प्रोफेसर सुई ये, लगायत अन्य प्रतिनिधि समेत उपस्थित थिए।
कार्यकमको मुल उद्देश्य सरोकार संस्थाबिच शिक्षक अनुभव आदानप्रदान,टेक्निकल सहयोग,अध्ययन अनुसन्धान,ट्रेनिंग,आइडिया सियारिंग जस्ता विषयमा छलफल गरिएको जानकारी कलेका प्रतिनिधि नारायण आचार्यले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरु प्रोफेसर रुइङ झाङ ,निर्देशक व्यवस्थापन पर्यटन विभाग, पर्यटन योजना र ल्यान्डस्केप डिजाइन केन्द्रका निर्देशक, मास्टर ट्युटर, तियानजिन कृषि विश्वविद्यालय ले नेपाल तथा चिनको सिमानामा रेहेका विश्व महत्वका स्थानहरुलाई पर्यटकिय रुपमा विकास गदै पर्यटन प््रावर्धन गर्ने तथा त्यस क्षेत्रको वातावरण सुधार गर्ने विषयको पुर्व अध्ययन गर्न चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधिहरुको भ्रमण राखिएको पत्रकार बिच जानकारी गराएनु भयो साथ गौतम वुद्धको जन्म स्थान लुम्विनी, संसारकै उच्च शिखर सगरमाथा नेपालमै रहेको र नेपाल र चिन बिचको एतिहासिक पौराणिक र समाजिक दिगो सम्वन्धका बिषयमा आत्मिए छलफल समेत भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे