
एडभोए नेपालले यसै साता उच्च शिक्षा हासिल गर्ने उद्देश्यले युके जान चाहने बिध्यार्थी हरू लाई लक्षित गरी एक सेमिनारको आयोजना गरेको छ। युकेमा अबस्थित युनिभर्सिटी अफ वुल्वरहम्प्टनका रिजनल मेनेजर, साउथ एसिया ब्रज भुषण झालाई आफ्नै कार्यालयमा ल्याइ उक्त सेमिनारको आयोजना गरेको हो। बेलायतकै उत्कृष्ट बिश्वबिद्यालय, अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको जमघट, बिश्व स्तरीय शिक्षण पद्दतीका कारण युनिभर्सिटी अफ वुल्वरह्म्प्टन अन्तर्राष्ट्रिय बिद्यार्थीहरूले रुचाइएको बिश्वबिद्यालय हो।
सेमिनारमा पोष्ट कोभिडको समयमा बिध्यार्थीहरूले टेस्ट प्रिपेसन, अब्रड स्टडी काउन्सिलिङ र युनिभर्सिटी अफ वलबरह्म्टनको भर्ना प्रकृयाका बारेमा युनिभर्सिटीका प्रतिनीधी ब्रज भुषण झाले जानकारी गराउनु भयो।
एडभोए नेपालले युके, यु यस् ए, अस्ट्रेलिया,न्युजल्याण्ड लगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा हासिल गर्न चाहानु हुने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।
उत्कृष्ट पुर्वाधारका बिच दक्ष ब्यबस्थापन र गुणस्तरीय शैक्षिक परामर्शकै कारण बिध्यार्थीहरूको बिदेश अध्ययनको यात्रा सहज हुने कुरा सस्थाका नेपाल डाइरेक्टर फिलिप डिसीले जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे