
काठमाडौँ , २४ असोज | अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्पमा १ हजारभन्दा बढीको ज्यान गएको केही दिनपछि अफगानिस्तानमा आज फेरि दोस्रो ठूलो भूकम्प गएको छ । सोही म्याग्निच्युडको पछिल्लो भूकम्प बुधबार स्थानीय समय अनुसार ०५.१० मा गएको थियो।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ ।अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ ।
भूकम्पको केन्द्र हेरात शहरबाट २८ किलोमिटर उत्तरमा रहेको छ।नयाँ भूकम्पको प्रभाव अझै स्पष्ट नभए पनि शनिबार घर भत्किएपछि धेरै मानिसहरु खुल्ला सुतिरहेका छन् ।कम्बल, खाद्यान्न र अन्य सामग्रीको पनि अभाव छ ।
शनिबार बिहानको भूकम्पले हेरात शहरबाट करिब ४० किलोमिटर टाढाको ग्रामीण जिल्ला जिन्दजानलाई असर गरेको थियो।
अफगानिस्तान प्रायः भूकम्पबाट प्रभावित हुन्छ ( विशेष गरी हिन्दुकुश पर्वतमालामा किनभने यो यूरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगम नजिकै अवस्थित छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे