
दोलखा , असोज ११ । दोलखाको सिंगटीबाट चार किलो सुनसहित पक्राउ परेका तीन जनाको परिचय खुलेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका–३ बस्ने अन्दाजी १८ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र २० वर्षका माधव मगर छन् ।
गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे