
काठमाडौँ, भदौ २५ । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका-४ घर भई हाल काठमाडौं सानोभर्याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीउपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे