
काठमाडौँ, भदौ २५ । मकवानपुर प्रहरीले करिब ६ लाख मुल्य बराबरको भन्सार छलिको कपडासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला बारागढी गाउँपालिका ४ का संजय चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नं। १५ रातोमाटेबाट बिल बिजक नभएको कपडा तथा जुत्ता सहित उनलाई पक्राउ गरेको हो ।
विरगंजबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१च ६२०४ नम्बरको योद्धा पिकअप गाडीमा ल्याइएको ५ लाख ९९ हजार मुल्य बराबरको लत्ताकपडा सहित चालकलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे