
काठमाडौं, १७ भाद्र ।बर्दिया जिल्ला कारागारमा कैद सजाय काटिरहेका एक कैदी आइतबार बिहान कारागारबाटै फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर विगत एक बर्ष देखि कैद भुक्तान गरीरहेका ठाकुरबाबा नगरपालिका–८ का २७ बर्षीय अजित बुढाक्षेत्री कारागारबाट भागेका हुन् ।
उनी आईतबार बिहान करिब ३ बजे कारागार भित्र रहेको भवनमाथिबाट काँडेतार लगाएको पर्खालमा चढी हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष वि.क.ले बताए । उनका अनुसार बुढाक्षेत्रीले गत एक बर्षदेखि बर्दिया कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा भागेको र उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । भारतीय नाका सिल गरी भारतीय प्रहरी र भारतीय सिमा सुरक्षा बल सँग समन्वय गरी हुलिया समेत पठाईएको र छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाएर खोजीकार्य भइरहेको जनाइएको छ ।
२०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए । अदालतमा बयान दिन जाँने क्रममै फरार भएका उनलाई प्रहरीले गत बर्ष मात्र पक्राउ गरेको थियो । क्षेत्रीलाई अदालतले कतव्य ज्यान मुद्दा र फरार अभियोगमा ३० बर्षको कैद सजायको फैसला सुनाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे