
काठमाडौं, भदौ १० । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा २९० जनाविरूद्ध प्रतिवादी बनाइ केही बेरअघि मुद्दा दर्ता गरिएको हो ।
ललिता निवासमा प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ।सरकारी वकिल कार्यलयले सिआइबीले तयार पारेको प्रतिवेदन अध्ययन गरेर सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने तयारी गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।
उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे