
काठमाडौं, ८ भाद्र । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनलाई प्रहरीले जुवा खेल्दै गर्दा पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–८ को होटेल लक्ष्मीबाट प्रहरीले बिहीबार साँझ लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी रहेको छ । अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पनि पक्राउ परेका वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे