
काठामाण्डौ ८ श्रावण । गृह मन्त्रालयले मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले केही जिल्लामा मिटरब्याज पीडितले निवेदन लिई जिल्ला प्रशासन कार्यालय जाँदा अवरोध गरिएको पाइएकाले त्यसको समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयमा पनि गुनासो राख्न बाधा उत्पन्न भएको जानकारी आएकाले सहज व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाएका छन्।
‘नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लगायत केही जिल्लाहरूमा मिटरब्याज पीडित आफ्नो निवेदन, गुनासो लिई जिल्ला प्रशासन कार्यालयमा आउने क्रममा स्थानीयस्तरमा विभिन्न प्रकारको अवरोध गरिएको, पीडितलाई जिल्ला प्रशासन कार्यालयमा गुनासो राख्न बाधा उत्पन्न गरेको, पीडित र पीडकबीच छलफलको वातावरण तयार नगरी पीडितहरूलाई केही व्यक्ति तथा समूहबाट दिग्भ्रमित समेत गर्ने गरेको गुनासो आएको सम्दर्र्भमा तत् गुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन समेत भइसकेको छ,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ।
यससँगै मन्त्रालयले मिटरब्याज पीडतलाई जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन पनि अनुरोध गरेको छ। त्यस्तै, पीडित र पीडिकबीच हुने छलफलमा पनि सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।
अहिलेसम्म २ हजार २ सय ८० निवेदनको मिलापत्र फर्छ्यौट भइसकेको समेत मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे