काठमाडौँ, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको एयरका स्टेसन मेनेजर विनोद थापाले जानकारी दिए ।
हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे