काठमाडौँ, १७ असार । श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ ।
एयरलाइन्सले शनिबार प्रेस नोट जारी गर्दे आइतबारका सबै उडान स्थगित गरेको जानकारी दिएको हो।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको जनाएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ।
शनिवार मात्रै काठमाडौंबाट धनगढीका लागि ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फिर्ता ल्याईएको थियो । यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे