
काठमाडौँ, १५ असार । ललिता निवासको जग्गा कीर्ते गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको छ।
पक्राउ परेलगत्तै उनीहरुका तर्फबाट असार १३ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गरिएको थियो। उनीहरुको निवेदनमा हदम्याद नभएको मुद्दाको अनुसन्धानका क्रममा आफूहरुलाई पक्राउ गरिएको र गैरकानुनी रुपमा न्यायिक हिरासतमा राखिएको दाबी गरिएको दाबी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे