
काठमाडौँ, १२ असार । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले सञ्चालक गुरुङलाई नक्सालबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका गुरुङलाई सोधपुछका लागि मंगलबार बिहान सिआईबीकोे टोलीले नक्सालस्थित निवासबाट पक्राउ गरेको हो।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङ दोषि थिए ।
सरकारले छानवीन गरेको प्रतिवेदन अनुसार सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसहितका भूमाफियाहरुसँगको मिलोमतोमा खरिद गरेका थिए ।
गुरुङले उक्त जग्गाहरलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ सहित १७५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतका न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा २ करोड धरौटीमा रिहा गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे