
काठमाडौँ, २५ बैशाख । काठमाडौँ महानगरले आजदेखि अब्यवस्थीत तारहरु ब्यवस्थापन गर्ने भएको छ ।
काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबार आजदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो।
आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर,असन, कमलाक्षीसम्मको तार हटाउने छ । काठमाडौंका ११ क्षेत्रका तार हटाउने महानरको योजना छ ।
यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो। महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ हुने जनाएका थिए।
दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यकीय सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे