
काठमाडौँ, २१ बैशाख । पछिल्लो केही समयदेखी लगातार ओरालो लागेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार
१२ दशमलव ७३ अङ्कले बढेर १ हजार ८६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।
यसदिन २७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन लक्ष्मी लघुवित्तको शेयर ९ प्रतिशतभन्दा धेरै तथा सयपत्री जलविद्युत् र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि इस्टर्न हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे