
काठमाडौँ, वैशाख ११ । गर्मी मौसममा र तराईमा मात्र देखिने डेङ्गु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेङ्गु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा पर्नुले स्वास्थ्य प्रणालीमा थप चुनौती थपिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा डेङ्गु १२ महिना नै देखिन सुरु गरेको र यो जलवायु परिवर्तनको असरका कारण हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यस पटक मङ्सिरदेखि फागुनजस्तो जाडो महिनामा पनि डेङ्गु सङ्क्रमण बढेको छ। जनवरीयता पाँच सयभन्दा धेरै जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ।”
उहाँका अनुसार गत वर्ष ७३ वटा जिल्लामा फैलिएको डेङ्गु जनवरीयता ४० वटा जिल्लामा फैलिइसकेको छ। सामान्यतः डेङ्गु असारदेखि कात्तिकसम्म तीव्र रूपमा बढ्ने हो तर अहिले पुस, माघमा पनि सङ्क्रमण तीव्र भएकाले अब जुनसुकै समयमा पनि डेङ्गु फैलन सक्छ भन्ने प्रमाणित भएको छ। आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे